इन्द्रै बिन्ती गरुन् झुकेर पदमा त्यो बिन्ती मान्दैन त्यो ।
राष्ट्रिय पारा पौडी संघ नेपालका संस्थापक तथा कार्यसमिति सदस्य श्री राजेन्द्र प्रसाद श्रेष्ठ को २०७६ फाल्गुन ३० गते शुक्रवारका दिन असामयिक निधन भएकोमा हामी मर्माहत र स्तब्ध भएका छौं । वहाको निधनले राष्ट्रिय पारा पौडी संघ नेपालले अपुरणीय क्षति व्यहोरेको छ । यस दुःखद घडीमा दिंवगत आत्माको चीर शान्तिको कामना गर्दै राष्ट्रिय पारा पौडी संघ नेपाल परिवार भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछ, साथै शोकको यो घडीमा शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भनि भगवान श्री पशुपतिननाथ संग प्रार्थना गर्दै हार्दिक समवेदना व्यक्त गर्दछौ ।
सरोज श्रेष्ठ
अध्यक्ष तथा राष्ट्रिय पारा पौडी संघ नेपाल परिवार ।