काठमाडौं : पारा पौडी खेलको विकास र विस्तारको लागी राजधानीमा पारा पौडी प्रतियोगिता आयोजना हुदैछ उक्त प्रतियोगितालाई लक्षित गरि आजबाट पारा पौडी खेलाडीहरुलाई प्रशिक्षण शुभारम्भ भएको छ । राष्ट्रिय पारा पौडी संघ नेपालले उक्त प्रशिक्षण आयोजना गरेको हो । नेपालको विभिन्न जिल्लाबाट अपांगता भएका व्यक्तिहरुको सहभागितामा प्रशिक्षण कार्यक्रम संचालन भएको राष्ट्रिय पारा पौडी संघ नेपालका अध्यक्ष सरोज श्रेष्ठले बताए ।

पिस क्लव जोरपाटी स्थित पौडी पोखरीमा पारा ओलम्पियत लक्ष्मी कुवँरले प्रशिक्षण शिविर शुभारम्भ गर्दै खेलाडीहरुलाई प्रशिक्षण समेत दिएकी थिइन् ।आजबाट शुभारम्भ भएको सात दिने प्रशिक्षण कार्यक्रममा तीस जना पारा पौडी खेलाडीहरुले प्रशिक्षण लिइरहेका छन् । उनीहरुलाई फिनाका सर्टिफाइड रेफ्री विजेन श्रेष्ठ लगायतले प्रशिक्षण दिने अध्यक्ष श्रेष्ठले बताए ।
प्रतियोगितामा सामेल हुन प्रशिक्षण लिइरहेका खेलाडीहरुले संस्थाले दिएको यो अवसरलाई राम्रो संग सदुपयोग गर्ने बताउँदै प्रतियोगितामा सहभागिता जनाउन प्रशिक्षण लिन पाएकोमा खुसी व्यक्त गरे ।
राष्ट्रिय पारा पौडी संघ नेपाल ले नेपालमा अपांगता भएका व्यक्तिहरुको पारा पौडी खेलको विकास र विस्तार गर्ने तथा अन्तर्राष्ट्रिय स्तरमा खेलकुद प्रतियोगिता हुने अवसरहरुको खोजी गरी सवै प्रकारका आपङ्गता भएका खेलाडीहरु जस्तैः एम्पुटिज, दृष्टिविहीन, शाररीक तथा बहुअपाङ्गता भएका खेलाडीहरु समेतको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन र सहभागिता गरी राष्ट्रको गौरव बढाउदै आएको छ ।
© 2025, National Para Swimming Association Nepal