राष्ट्रिय पारा पौडी संघ नेपालको आयोजनामा पारालम्पिक खेल प्रतिभा खोज कार्यक्रम सम्पन्न

राष्ट्रिय पारा पौडी संघ नेपालको आयोजनामा पारालम्पिक खेल प्रतिभा खोज कार्यक्रम सम्पन्न

राष्ट्रिय पारा पौडी संघ नेपालको आयोजनामा पारालम्पिक खेल प्रतिभा खोज कार्यक्रम सम्पन्न भएको छ ।

चीनमा आयोजना हुन गइरहेको एशियाली पारालम्पिक खेलकुद प्रतियोगिताको तयारी स्वरुप आयोजना गरिएको उक्त कार्यक्रममा अमेरिकाको टेक्सासबाट आउनु भएका  Mr. Stave Kearley, Ms. Peggy Turner, Ms. Marcie Kern तथा Spinal Injury Rehabilitation Centre, Kathmandu का मेडिकल डाइरेक्टर राजु ढकाल, NPC Nepal का कोषाध्यक्ष ओमनाथ सिवाकोटी लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा २० जना पारा पौडी खेलाडीले आफ्नो खेल प्रदर्शन गरेका थिए ।